प्राज्ञ डा. गुरुङलाई हिमाली सांस्कृतिक परिवारको संरक्षकत्व अर्पण
पाेखरा | बैशाख १, २०८१
पोखरा: हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ ।
हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ डा. गुरुङको जन्मथलो याङ्जाकोट पुगेर संरक्षकत्व अर्पण गरेको हो ।
हिमाली सांस्कृतिक परिवारका संस्थापक संरक्षक नरबहादुर शेरचनले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई जन्मथलो याङ्जाकोट पुगेर एक कार्यक्रमकाबीच संरक्षकत्व अर्पण गरे ।
सो अवसरमा बोल्दै प्राज्ञ डा। गुरुङले साँस्कृतिक परिवारप्रती आभार प्रकट गरे । उनले याङ्जाकोटमा आफ्नै कारणले साहित्यिक र सांस्कृतिक गतिविधि बढेको बताए ।
‘मैले आफ्नो विज्ञापन गरेको होइन, म गाउँमै बस्न मन पराउँछु । गाउँकै अर्गानिक खाना खान्छु मलाई प्राय सबैले भेट्न गाउँमै आउँछन्’, प्राज्ञ गुरुङले भने, ‘मलाई कवि, लेखक, साहित्यकारहरुले गाउँमै भेट्न आउँदा गाउँमा साहित्यिक र सांस्कृतिक गतिविधि बढेको छ ।’
उनले अबका दिनमा हिमाली सांस्कृतिक परिवारले याङ्जाकोटमा प्रत्येक वर्ष सांस्कृतिक कार्यक्रम गर्नुपर्ने आशय व्यक्त गरेका थिए ।
यस्तै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गाउँपालिकामा साहित्यिक र सांस्कृति गतिविधि बढाउन हिमाली सांस्कृतिक परिवारसँग सहकार्य गर्ने तयार रहेको बताए ।
उनले स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान गठन गर्न गाउँपालिकाको कार्यपालिकाको बैठकमा छलफल भइरहेको समेत बताए ।
कार्यक्रमकै अवसरमा हिमाली सांस्कृतिक परिवारले प्रमुख सल्लाहकारमा कवि, लेखक तथा साहित्यकार प्रकाश शायमीलाई मनोनित गरेको छ ।
यस्तै पृथ्वीमान गुरुङ, हरीचन्द्र रञ्जित, सोभित बुद्धचार्य र सुशान ताङ्वेलाई आजीवन सदस्य प्रदान गरेको छ ।
संरक्षक अर्पण तथा नयाँ वर्ष शुभकामना साँझमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मानार्थ सदस्य टिकाबहादुर कार्कीले स्वागत मन्तव्य र संस्थाका सल्लाहकार एवम् पत्रकार दिपेन्द्र श्रेष्ठको कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

